• British Gurkhas Nepal

Gurkha Recruitment

Potential Recruits (PRs) who have successfully registered on our Online Registration Platform are called forward to attend Phase 1 (Registration).  Please also visit our Phase 1 (Registration) page for full details on how to prepare.

Use the links below to learn about Phase 1 (Registration), Phase 2 (Initial Selection) and Phase 3 (Final Selection) of Gurkha Recruiting.

Urgent notices and instructions will be added to this page so please check it regularly. 

Contact us. If you have any feedback, or questions or would like to report any corrupt activity, please email [email protected]  

हाम्रो अनलाइन दर्ता प्लेटफर्ममा सफलतापूर्वक दर्ता गरेका सम्भावित भर्तीहरू (PRs) लाई चरण १ (दर्ता) मा उपस्थित हुन आमन्त्रित गरिएको छ। तयारी कसरी गर्ने भन्ने बारे पूर्ण विवरणहरूको लागि कृपया हाम्रो चरण १ (दर्ता) पृष्ठमा पनि जानुहोस्।

गोर्खा भर्तीको चरण १ (दर्ता), चरण २ (प्रारम्भिक छनोट) र चरण ३ (अन्तिम छनोट) बारे जानकारीका लागि तलका लिङ्कहरू प्रयोग गर्नुहोस्।

यस पृष्ठमा अत्यन्त जरुरी सूचनाहरू र निर्देशनहरू थपिनेछ त्यसैले कृपया यसलाई नियमित रूपमा हेर्ने गर्नुहोस्।

सम्पर्क: यदि तपाईंसँग कुनै प्रतिक्रिया वा प्रश्नहरू छन् वा कुनै भ्रष्ट गतिविधि रिपोर्ट गर्न चाहानुहुन्छ भने, कृपया [email protected]  मा इमेल गर्नुहोस्।

Medical assessments. Potential recruits attending Phase 1 (Registration), Phase 2 (Initial Selection) and Phase 3 (Final Selection) should note the following for the medical assessments:

  • Medical eligibility criteria can be found here.
  • If you have had surgery in the last three years, please bring any medical documents to help the medical expert to decide on your suitability.
  • Do no difficult physical activity at least three days before Phase 2 (Initial Selection) or you could fail the urine test.
  • Do not consume high levels of sugar at least three days before Phase 3 (Final Selection) or you may fail the urine test.
  • Do not listen to loud noises (e.g., loud music, heavy machinery) at least three days before Phase 2 (Initial Selection), and Phase 3 (Final Selection), or it may affect your ear examination.
  • Do not insert anything in your ears as you could temporarily damage them and fail the ear examination.

चिकित्सा मूल्यांकन: चरण १ (दर्ता), चरण २ (प्रारम्भिक छनोट) र चरण ३ (अन्तिम छनोट) मा उपस्थित हुने सम्भावित भर्तीहरूले चिकित्सा मूल्याङ्कनका लागि निम्न कुराहरुमा ध्यानदिनु पर्दछ:

  • यदि तपाईँले विगत तीन वर्षमा शल्यक्रिया गर्नुभएको छ भने, कृपया चिकित्सा विशेषज्ञलाई तपाईँको उपयुक्तताको बारेमा निर्णय गर्न मद्दत गर्न कुनै पनि चिकित्सा कागजातहरू ल्याउनुहोला। 
  • चरण २ (प्रारम्भिक छनोट) भन्दा कम्तिमा तीन दिन अघि कुनै गाह्रो शारीरिक गतिविधि नगर्नुहोला।
  • चरण ३ (अन्तिम छनोट) भन्दा कम्तिमा तीन दिन अघि उच्च मात्रामा चिनीको सेवन नगर्नुहोला अन्यथा तपाईँ पिसाब परीक्षणमा असफल हुन सक्नुहुनेछ। 
  • चरण २ (प्रारम्भिक छनोट) र चरण ३ (अन्तिम छनोट) भन्दा कम्तिमा तीन दिन अघि चर्को आवाज (e.g., चर्को संगीत, भारी मेसिनरी) नसुन्नुहोला अन्यथा यसले तपाईंको कानको परीक्षणलाई असर गर्न सक्नेछ।
  • आफ्नो कानमा केही पनि नघुसाउनुहोला किनभने तिनीहरूले तपाईँको कानलाई अस्थायी रूपमा क्षति पुऱ्याउन सक्नेछ र कानको जाँचमा असफल हुन सक्नुहुनेछ।