Regional Selection

Gurkhas

Regional Selection Overview

Dear Potential Recruits

Thank-you for your feedback.  I am acutely aware that the changes to the recruiting system this year, directly  caused by COVID-19,  are unwelcome – to both first-time Potential Recruits and to British Gurkhas Nepal.  Please allow me to provide some context.

COVID-19 is the single biggest global crisis of our lifetime.  Its effects are being felt in every country and in every activity conducted.  Normal ways of working are simply not possible and potentially unsafe.  All elements of normal life are being affected and almost every organisation is having to change as a result.

This includes the British Army and British Gurkhas Nepal, who must take measures to protect individuals, their families and their communities.  It would be hugely irresponsible to try to carry on as normal and take no action.  At present it is not possible to conduct any recruiting activity and British Gurkhas Nepal will not stray from the direction the Government of Nepal has rightly taken to control the virus.  In cancelling Registration and Regional Selection, we are supporting the people of Nepal to contain the spread of the virus and keep individuals, families and communities protected.

We continue to hope for the best, but we must plan for the worst.  Should conditions allow, we will hold Central Selection later in the year.  However, we will have to reduce risk by limiting the number of people involved, and conducting the activity in a way that is safe for individuals and protects the wider population.

With no normal Registration or Regional Selection possible we are unable to assess new applicants this year.  Hopefully, we will have a better understanding of the situation in September, and at that time, will update you on how Central Selection will be conducted if it is safe to do so.

Richard Goodman
Colonel
Commander British Gurkhas Nepal

 

प्यारा सम्भावित रेक्रुट भाईहरू,

तपाईहरूको प्रतिक्रियाको लागि धन्यवाद | म गम्भीर रूपमा सचेत छु की कोभिड-१९ महामारीको कारण प्रत्यक्ष रूपमा यस वर्षको ‘रेक्रुटिङ्ग’ मा हुन आएको फेरबदल स्वागतयोग्य छैन – पहिलो पटक भिड्न तयार सम्भावित रेक्रुट र ब्रिटिश गोर्खा नेपाल दुवैलाई | कृपया यस बारे मलाई केही सन्दर्भ जोड्न दिनुहोस् |

कोभिड-१९ हाम्रो जीवनकालको सबैभन्दा ठूलो पृथक विश्वव्यापी संकट हो | यसको असर सबै देश र सबै गतिविधिमा पर्न गइरहेको छ | सामान्य तरिकामा काम गर्न बिलकुल सम्भव छैन र सम्भाव्यत: असुरक्षित छ | साधारण दैनिकीको सबै पक्ष प्रभावित भएका छन् र फल स्वरूप लगभग हरेक संस्थाले समायोजन गर्नुपरेको छ |

यसमा ब्रिटिश आर्मी र ब्रिटिश गोर्खा नेपाल पनि समावेश छन्, जसले व्यक्ति, परिवार र समुदायहरूको सुरक्षाको लागि उपायहरू अपनाउनुपर्छ | सामान्य तरिकामा काम गर्न खोज्नु र यस अवस्थाबारे केही नगर्नु धेरै अजिम्मेवार हुनेछ | अहिलेको समयमा रेक्रुटिङ्गको कुनै पनि गतिविधि संचालन गर्न सम्भव छैन र यस भाइरसलाई नियन्त्रण गर्न सही तरिकामा नेपाल सरकारले लिएको बाटोबाट ब्रिटिश गोर्खा नेपाल अलग हुँदैन | रेजिष्ट्रेशन र क्षेत्रीय छनौंट रद्द गरेर हामीले नेपाली जनतालाई भाइरस फैलिन रोक्न र मानिस, परिवार र समुदायहरूलाई सुरक्षित रहन सहयोग गरिरहेका छौं |

उत्तम अवस्थाको आशा गर्दागर्दै हामीले खराब अवस्थाको लागि तयार रहनुपर्छ | परिस्थिति अनुकुल भए हामी यो वर्षको पछिल्लो समयमा केन्द्रिय छनौंट संचालन गर्नेछौं | यधपी, जोखिम कम गर्न हामीले संलग्न हुने व्यक्तिहरूको संख्या सिमित गर्नुपर्नेछ र हरेक व्यक्ति र बृहत जनसंख्या सुरक्षित रहनेगरी गतिविधिहरू संचालन गर्नुपर्नेछ |  

रेजिष्ट्रेशन र क्षेत्रीय छनौंट सम्भव नभएका कारण यस वर्ष हामीले नयाँ आवेदकहरूको मुल्यांङ्कन गर्न पाउनेछैनौं | सेप्टेम्बर महिनासम्ममा यस परिस्थतीबारे हाम्रो बुझाइ राम्रो हुनसक्छ, र सुरक्षित तरिकामा संचालन गर्न सम्भव भए केन्द्रिय छनौंटबारे हामी तपाईहरूलाई त्यही समयमा अपडेट गर्नेछौं |

रिचर्ड गुडम्यान
महासेनानी
कमाण्डर ब्रिटिश गोर्खा नेपाल

 

 

Dates and further information

Physical tests

You will hopefully know by now that the British Army is using new Physical Entry Standards (PES). These tests are listed below and you can see videos describing how to complete these tests. 

For a best effort test, you must get the highest score possible to increase your overall score in Gurkha Selection. Every test is performed to best effort. This means that the better your score, the more points you will get and the more likely it is that you will be selected to attend Central Selection. The tests are:

  • 800 metre run in at least 2 minutes 40 seconds (best effort required) 

  • Mid-thigh Pull to 100KG minimum but best effort required (BA only)

  • 4KG Medicine Ball Throw to 3.10m

  • Repeated Lift and Carry of 20KG burden over 30m. You must run 30m 5 times with the burden and 4 times without in 1min 50secs. The faster you do it, the better your score.

  • Minimum 12 overarm heaves performed to best effort (GCSPF only)

 

आशा छ अहिले सम्म तिमीहरुलाई ब्रिटिश सेनाले लागु गरेको नयाँ शारीरिक प्रवेश परीधीका बारेमा जानकारी भई सक्यो होला । ती जाँचहरु तल बुदागत गरिएको छ र यी जाँचहरु कसरी पूरा गर्ने भन्ने कुरा भिडियोमा हेर्न सकिन्छ ।

क्षमता परिक्षणमा राम्रो गर्नकोलागि तिमीले गोर्खा छनोटमा समग्रमा धेरै अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । प्रत्येक परीक्षामा आफ्नो सक्दो राम्रो प्रयास गर्ने । भन्नुको अर्थ – जति राम्रो प्रयास, त्यतिनै धेरै अङ्क तिमीले पाउने छौ र उतिनै प्रबल संभावना केन्द्रय छनोटमा चयनको हुन्छ । परीक्षाहरु यस प्रकार छन् :

- ८०० मी.दौड कम्तीमापनि २ मिनेट ४० सेकेण्ड भित्र पूरा गर्ने (यथासंभव प्रयास चाहिने)

- कम्तीमापनि १०० के.जी. सम्मको मीड–थाइ पूल तर सक्दो राम्रो प्रयास चाहिने (ब्रिटिश सेनाका आवेदकहरुकालागि मात्र)

- ४ किलोको मेडिसन् बल थ्रो ३.१० मी. सम्म

- ३० मी. भन्दा बढि दूरी सम्म बारमबार २० किलोको भार उचाल्ने र बोक्ने । तिमीले यो दूरी ५पटक भारी बोकेर र ४ पटक बिना भारीको १मीनेट ५० सेकेण्ड भित्र दौडेर पूरागर्नु पर्छ । जति छिटो तिमीले गर्छौ उतिनै धेरै तिमीले अङ्क पाउनेछौ ।

- कमतीमा पनि १२ ओभर आर्म ह्विस् सक्दो राम्रो प्रयासमा गर्ने । ( सिंगापुर पुलिसका आवेदकहरुकालागि मात्र)

Education Tests

At Regional Selection candidates will sit a written maths and written English assessment.

  • The English assessment is designed to broadly test the candidates Functional Skills to Entry 2 standard.
  • The Maths assessment is designed to specifically test the candidates Functional Skills at Level 2 standard.
  • When answering questions, candidates must read the questions carefully before answering.  Providing too little, or even too much information does not show that the candidate has fully understood the question.
  • The literacy requirements are in line with wider army recruiting.  Further information relating to these standards can be found in the “Adult Literacy Core Curriculum” which can be found on google.

 

क्षेत्रीय छनोटमा आवेदकहरुको अंग्रजी र गणित विषयको लिखित परीक्षा हुनेछ ।

- अंग्रजी परीक्षा गर्ने अभिप्राय सामान्यतया आवेदकको व्यवहारिक योग्यता इन्ट्री २ सतरको छ वा छैन हेर्नु हो ।

- गणित परीक्षा गर्ने अभिप्राय सामान्यतया आवेदकको व्यवहारिक योग्यता लेभल २ सतरको छ वा छैन हेर्नु हो ।

- आवेदकले उत्तर लेख्नु भन्दा अघि ध्यानपूर्वक प्रश्नहरु पढने । अति धेरै वा अति थोरै उत्तर लेख्नाले आवेदकले प्रश्न पूर्णरुपले बुझेको जनाउदैन ।

- यो साक्षरता आवश्यकता वृहद सैनिक भर्ती अनुरुप ल्याइएको हो । यस सम्बन्धि अत्यधिक जानकारी गूगलमा “Adult Literacy Core Curriculum” मा पनि पाईन्छ।

Interview

Being a good soldier, is not just about fitness and intelligence. You have to have the right character. Do you have courage? Do you have discipline?

Are you interested in being a soldier? The interview is our opportunity to see whether you are the sort of person who would fit in to the Brigade of Gurkhas or the Gurkha Contingent of the Singapore police. 

We want to know about you. We are not expecting you to be perfect. All we want to know is that you are honest,  interested and have the qualities to be a Gurkha soldier.

At Regional Selection, you will be interviewed by a Nepali Gurkha Officer and A British Gurkha Officer.

The interview will be in Nepali and English.

The interview will begin with mandatory questions about your family background. These are not designed to test you. You must simply answer them honestly.

We will then ask you questions based on the following topics:

  • Selfless Commitment and Teamwork
  • Courage and Discipline
  • Integrity and Respect for Others
  • Motivation, resilience and maturity
  • Military and brigade of Gurkhas knowledge
  • English Speaking

Both the Nepali and British Officer will ask questions and both will score you equally.

 

राम्रो सिपाही हुनू भनेको शारीरिक रुपले योग्य र बुद्धिमान हुनु मात्र होइन । तिम्रो चरित्रपनि राम्रो हुनु पर्छ । के तिमीमा साहस छ र ? के तिमी अनुशासित छौ ?

के तिमी सिपाही बन्न रुची राख्छौ ? अन्तर्वार्ताले हामीलाई तिमी ब्रिगेड अफ गोखाज वा गोर्खा कन्टीजेन्ट सिंगापुर पुलिसले खोजे जस्तो व्यक्तित्व हो भन्ने कुराको परीक्षण गर्ने अवसर दिन्छ ।

हामी तिम्रो बारेमा जान्ना चाहन्छौँ । हामीले तिमी उत्कृष्टै हुनु पर्छ भन्ने आशा राख्दैनौँ । हामी त केवल तिमी ईमानदार छौ, भर्ती हुन रुचि राख्छौ र तिमीमा गोर्खा सिपाही हुन असल चरित्र छ भन्ने मात्र जान्न चाहन्छौँ ।

क्षेत्रीय छनोटमा एक जना नेपाली र एक जना ब्रिटिश अफिसरले तिम्रो अन्तर्वाता लिने छन् ।

अन्तर्वाता अंग्रेजी र नेपालीभाषामा हुने छ ।

अन्तर्वाताको शुरुमा तिम्रो पारिवारीक पृष्टभूमिबारे अनिवार्यरुपले सोधिने छ । यी प्रश्न तिमीलाई जाँच्न होइन् । तिमीले सरल रुपमा इमानदर भएर उत्तर दिनुपर्छ ।

त्यसपछि हामीले तिमीलाई निम्नलिखित विषयमा प्रश्न सोध्ने छौँ :

- निस्वार्थ प्रतिबद्धता र सहकार्य
- साहस र अनुशासन
- इमान्दारी र अरु प्रति आदर भाव
- पे्ररणा, लचीलता र परिपक्वता
- सेना सम्बन्धी र ब्रीगेड अफ गोर्खाज बारे ज्ञान
- अंग्रेजी भाषाको ज्ञान

दुबै नेपाली र ब्रिटिश अफिसरले प्रश्न सोध्ने छन् र अङ्क दिने छन् ।

Physical Tests Requirements